सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू) « Khabarhub

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष लाग्दै आएको परम्परागत मेला बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । 

विश्वकर्मा पूजाको दिन आयोजना हुने मेलामा बिहानैदेखि भक्तजन तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । 

मेला भर्न तथा पूजाआजाका लागि सप्तकोशी ब्यारेक क्षेत्रमा आएका मानिसहरूको बाक्लो भीडका कारण क्षेत्र दिनभर चहलपहलपूर्ण बनेको थियो।

मेलामा विभिन्न खानेकुराका परिकार, व्यापारिक स्टल तथा मनोरञ्जनका सामग्रीहरू समेत राखिएका थिए । 

हरेक वर्ष विश्वकर्मा पूजाको दिन लाग्ने यो मेला स्थानीयका लागि धार्मिक आस्था, परम्परा र मनोरञ्जनको संगमका रूपमा रहँदै आएको छ। यस वर्ष पनि मेलामा बालबालिकादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता देखिएको थियो । 

तस्बिरहरू- केशव सिग्देल, सुनसरी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : ०७ बजे

 आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगे दाउ-२ , कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड