१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह « Khabarhub

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका छन् । 

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका हुन् । 

उनले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने धारणा राखे । 

नेता सिंहले विधान र नियम मिचेर, पद र सुविधाका लागि जबरजस्ती आह्वान गर्न खोजिएको ’विशेष महाधिवेशन’ अलोकतान्त्रिक अभ्यास भएको भन्दै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गरे । 

पार्टीको विधि, नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने उनले बताए । उनले अदालतले कानुनी निरूपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने उल्लेख गरे । 

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : ४१ बजे

माथिल्लो त्रिशूली-१ को सुरुङमा भेटियो ६ जनाको शव

रसुवा- माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव शुक्रबार

भटमासखेतीबाट भोजपुरका किसानको आम्दानी बढ्दै

भोजपुर– भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् ।

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा

कोरियाली राजदूत र सञ्चारमन्त्रीबीच भेट, नेपाल–कोरिया सम्बन्धबारे छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र