साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता « Khabarhub

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा एफ-३५ लडाकु विमान बिक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएका छन्।

ती विमानको मूल्य करिब २४ अर्ब अमेरिकी डलर बराबर रहेको छ। यद्यपि सम्झौता कार्यान्वयनका लागि अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक हुनेछ।

यसैबीच अमेरिकी गुप्तचर निकायहरूले एफ-३५ मा प्रयोग भएको संवेदनशील प्रविधि चीनको हातमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार पेन्टागनअन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) को एक प्रतिवेदनमा यस्तो जोखिमबारे उल्लेख गरिएको छ।

प्रतिवेदनमा चीनले साउदी अरबमा जासुसी गरेर वा त्यहाँको सेनासँगको सहकार्यमार्फत एफ-३५ को संवेदनशील प्रविधि हासिल गर्ने प्रयास गर्न सक्ने उल्लेख गरिएको छ।

साउदीका युवराज मोहम्मद बिन सलमानले सन् २०२५ नोभेम्बरमा अमेरिकाको भ्रमण गरेका थिए। सो क्रममा दुवै देशबीच एफ-३५ विमान खरिदबारे सहमति बनेको थियो।

एफ-३५ को कुन प्रविधिबारे चिन्ता ?

एफ-३५ अमेरिकाको अत्याधुनिक लडाकु विमानमध्ये एक हो। यसमा आधुनिक राडार तथा निगरानी प्रणालीसहित अत्याधुनिक सैन्य प्रविधि प्रयोग गरिएको छ।

अमेरिकी गुप्तचर निकायहरूले चीनले यी प्रणालीसँग सम्बन्धित संवेदनशील जानकारी प्राप्त गर्न सक्ने जोखिम औँल्याएका छन्।

त्यसैले एफ-३५ सम्बन्धी स्थानमा अमेरिकी र साउदी अधिकारी तथा अधिकृत कर्मचारीलाई मात्र प्रवेश दिने व्यवस्था गर्न प्रतिवेदनले सुझाव दिएको छ।

चीनसँग साउदीको बढ्दो सम्बन्ध

साउदी अरबको चीनसँग सैन्य तथा प्राविधिक सम्बन्ध पनि बढ्दै गएको छ। साउदीले चीनबाट ब्यालिस्टिक क्षेप्यास्त्रसमेत खरिद गर्दै आएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार चीनले साउदीलाई क्षेप्यास्त्र निर्माण तथा त्यसको प्रयोग क्षमता सुधारमा समेत सहयोग गरिरहेको छ।

साउदीको दूरसञ्चार तथा अन्य पूर्वाधारमा चिनियाँ कम्पनी हुवावे र जेडटीईका उपकरण प्रयोग भइरहेका छन्। अमेरिकी निकायहरूले ती उपकरणको सुरक्षालाई लिएर पनि प्रश्न उठाउँदै आएका छन्।

यूएईलाई एफ-३५ दिन रोकियो

अमेरिकाले खाडी मुलुकलाई एफ-३५ बिक्री गर्दा चीनसँगको सम्बन्धलाई लिएर यसअघि पनि चिन्ता व्यक्त गरेको थियो। सन् २०२० मा ट्रम्प प्रशासनले संयुक्त अरब इमिरेट्स (यूएई) लाई एफ-३५ बिक्री गर्न सहमति जनाएको थियो।

त्यतिबेला पनि अमेरिकी निकायहरूले यूएईको चीनसँग बढ्दो सैन्य तथा प्राविधिक सम्बन्धप्रति चिन्ता व्यक्त गरेका थिए। पछि उक्त बिक्री प्रक्रिया रोकिएको थियो।

साउदीलाई एफ-३५ बिक्री गर्ने विषयमा इजरायलले समेत चिन्ता व्यक्त गरेको छ। हाल मध्यपूर्वमा इजरायलसँग मात्र एफ-३५ विमान रहेको छ।

मध्यपूर्वमा इजरायलको सैन्य बढत कायम राख्ने अमेरिकी नीति भएकाले साउदीलाई एफ-३५ बिक्री गर्दा इजरायलको सैन्य बढतमा असर नपर्ने विषयलाई पनि ध्यान दिइनेछ।

विमान हस्तान्तरण हुन वर्षौं लाग्न सक्ने

अमेरिकी विदेश मन्त्रालयले जुन महिनामा ४८ वटा एफ-३५ विमान र एउटा अतिरिक्त इन्जिन बिक्री गर्ने प्रस्ताव कंग्रेसका दुई समितिमा पठाएको थियो।

एफ-३५ अमेरिकी कम्पनी लकहिड मार्टिनले निर्माण गर्छ। विमान निर्माण र हस्तान्तरणमा धेरै वर्ष लाग्न सक्ने भएकाले ट्रम्प प्रशासनले स्वीकृति दिए पनि साउदीले तत्काल विमान प्राप्त गर्ने छैन।

साउदी अरबले लामो समयदेखि एफ-३५ खरिद गर्न चाहँदै आएको थियो। अमेरिका र साउदीबीच दशकौँदेखि सैन्य सहकार्य रहँदै आएको छ र साउदी अमेरिकी हतियारको ठूलो खरिदकर्ता हो।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११