पाल्पामा दुई करोड लगानी गरेर पानी उद्योग सञ्चालन « Khabarhub

पाल्पामा दुई करोड लगानी गरेर पानी उद्योग सञ्चालन


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

एकातिर युवाहरू विदेशिदै जानु र अर्कोतर्फ यहाँको व्यापार-व्यवसायको गतिविधि विस्तारै सुस्ताउँदै गइरहेका बेला रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले तानसेन नगरपालिका-७ प्रभासमा ‘सीएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन् । 

स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगबाट बजारको मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक विराजले बताए। 

उपभोक्ताको स्वास्थ्य र मागलाई प्राथमिकतामा राख्दै प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग खोलिएको भन्दै उहाँहरूले ‘सिएन पिउने पानी उद्योग’ नाम राखेका छन् । 

पछिल्लो समय बजारमा व्यापार(व्यवसाय सुस्ताउँदै गएको अवस्थामा ठूलो लगानीसहित नयाँ उद्योग स्थापना हुनुलाई सकारात्मक रूपमा लिइएको वडाध्यक्ष प्रदीप खनालले बताए। उनले भने, ‘उद्योगले स्थानीयस्तरमै रोजगार सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’

वडाध्यक्ष खनालले प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको गतिमा अघि बढिरहेको बताए। 

‘प्रभासमा पिउने पानी उद्योग, दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ’, उनले भने। 

व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गए तानसेनको आर्थिक गतिविधिलाई नयाँ आधार मिल्ने अध्यक्ष खनालको भनाइ छ ।

तानसेन नगरपालिका-७ प्रभास पछिल्लो समय शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । मुख्य बजार क्षेत्रभन्दा बाहिर पनि विभिन्न प्रकृतिका उद्योग तथा संस्थाहरू सञ्चालनमा आउन थालेपछि प्रभास क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको पत्रकार भरत शर्माको बुझाइ छ ।

उनका अनुसार कुनै पनि क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनु त्यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुको संकेत हो । 

उद्योग तथा व्यवसाय थपिँदै जाँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीयस्तरमा वस्तु तथा सेवाको माग बढ्ने, आर्थिक गतिविधि चलायमान हुने शर्माले बताए। 

‘प्रभास क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै गएका छन् । यसले यस क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्दै गएको छ’, उनले भने।

तानसेन नेपालको पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँको व्यापार(व्यवसायमा केही कमी आएको व्यवसायीहरूको गुनासो छ । बजारमा ग्राहकको चहलपहल घटेको, नयाँ व्यापारिक केन्द्रहरू विकास भएको र उपभोक्ताको खर्च गर्ने शैलीमा परिवर्तन आएको अवस्थामा स्थानीय क्षेत्रमा नयाँ उद्योग स्थापना हुनु सकारात्मक उपलब्धि मानिएको छ । 

सिएन समूहले यसअघि यातायात क्षेत्रमा सफल लगानी गरिसकेको छ । व्यावसायिक सफलतासँगै यस समूहले विभिन्न सार्वजनिक स्थानहरूमा चौपारी निर्माण गर्नेलगायत सामाजिक र परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ । 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : १४ बजे

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड