सर्वोच्चमा आगलागी र हत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग « Khabarhub

सर्वोच्चमा आगलागी र हत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बाराकी तीन वर्षीया बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको उल्लेख गर्दै त्यसको न्यायिक छानबिन गर्न माग गरे।

सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्न केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरिन्।

सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ मा शेरबहादुर विकले तीजका दिन आफ्नी श्रीमती उनीमाया विकको हत्या गरेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन्।

यसैगरी, सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बाढीका कारण अवरुद्ध सडक सञ्जाल तत्काल पुनः जोड्न पनि सरकारसँग माग गरे।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२