निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार « Khabarhub

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।
    
यहाँको बेदकोट नगरपालिका-२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतीपछि काम अघि बढ्दै छ ।
    
औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत अल्झनले ढिलाइ हुँदै आएको थियो । हालै मन्त्रिपरिषद् बैठकले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय हो । 

दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका मन्त्रिपरिषद्बाट वन क्षेत्र प्रयोग गर्न स्वीकृति मिलेसँगै औद्योगिक क्षेत्र स्थापनाले गति पाउने जानकारी दिए ।
    
‘गत वर्षको साउनमा फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय पुगेको थियो’, उनले भने, ‘अब रूख कटान र भोगाधिकारको समस्या रहेन ।’ 

उनका अनुसार १३६ दशमलव ५९ हेक्टर (२०२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको छ । यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

विसं २०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको थियो । विसं २०७९ फागुनमा बेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्रको कार्यालयसमेत स्थापना भएको छ । तर कर्मचारीविहीन अवस्थामा छ ।
    
यो वर्ष छेला औद्योगिक क्षेत्र बाहिरको पहुँच मार्गका लागि भन्दै रु दुई करोड ५० लाख विनियोजन भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले गत वर्ष साउनमा रायसहितको उक्त फाइल वन मन्त्रालयमा पेस गरेको भए पनि प्रक्रियागत अल्झनले औद्योगिक क्षेत्र स्थापनामा झन ढिलाइ भइरहेको थियो ।

यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले निजी क्षेत्रले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको मागसहित दबाब दिँदै आएको बताए।

 ‘सबै प्रक्रिया पूरा भएर अब स्थलगत काम गर्ने वातावरण बन्नु सुखद विषय हो । अब निर्माणलाई तीव्रता दिनुपर्छ’, उनले भने, ‘औद्यागिक क्षेत्र स्थापना भए यहाँ रोजगारीका साथै आर्थिक गतिविधि बढ्ने छ ।’
        
त्यसैगरी बेदकोट नगरपालिका-२ का वडाध्यक्ष नरेशबहादुर सिंहले वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्को निर्णय भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्माणका लागि थप कार्य अघि बढाएको बताए। 

‘यसले समग्र सुदूरपश्चिमका नागरिकलाई रोजगारी सृजना गर्ने र उद्योगी व्यवसायीलाई उद्योग स्थापना र सञ्चालनमा सहज वातावरण बनाउनेछ’, उनले भने, ‘यहाँ लामो समयदेखि स्थानीय नागरिक रोजगारीको आशामा बसेका थिए । अब पूरा हुने देखिन्छ ।’
 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  २ : ३२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले