न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र « Khabarhub

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसीए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ ।

सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । आयोजनाका लागि तीन करोड ८८ लाख ८३ हजार छ सय ४३ अमेरिकी डलरमा सम्झौता भएको हो ।

सम्झौता सन् २०२४ जुलाई ३१ मा भएको थियो भने सन् २०२७ नोभेम्बर २२ सम्ममा सम्पन्न गर्ने गरी निर्माण सन् २०२४ अगस्ट १८ देखि सुरु गरिएको थियो ।

निर्माण सम्पन्न भएपछि न्यु दमौली सवस्टेशनले विद्युत् प्रसारण प्रणालीको क्षमता विस्तार तथा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

एमसीए नेपालले सवस्टेशन निर्माणसँगै साझेदारी क्रियाकलापअन्तर्गत तनहुँका पाँच स्थानीय तहमा विद्युत् वितरण प्रणाली सुधारको कामसमेत अघि बढाएको छ । यसअन्तर्गत पुराना तथा कमजोर विद्युत् पोल प्रतिस्थापन, एबी केबल तथा एसीएसआर केबल जडान र ट्रान्सफर्मर थप गर्ने काम भइरहेको छ ।

व्यास नगरपालिका-१, १२, १३ र १४ मा ४०७ वटा विद्युत् पोल फेर्ने, ४१ दशमलव २२ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा सात दशमलव ८२ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । त्यस्तै आँबुखैरेनी गाउँपालिका-३, ४ र ५ मा ३७४ वटा पोल प्रतिस्थापन, २४ दशमलव ६६ किलोमिटर एबी केबल जडान, सातवटा ट्रान्सफर्मर निर्माण तथा १८ दशमलव ८५ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने योजना छ ।

बन्दीपुर गाउँपालिका-२, ३ र ६ मा २८४ वटा पोल फेर्ने, २१ दशमलव शून्य पाँच किलोमिटर एबी केबल जडान, पाँच वटा ट्रान्सफर्मर निर्माण तथा १५ दशमलव ५५ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।

घिरिङ गाउँपालिका-१, २, ३ र ५ मा ७८ वटा विद्युत् पोल प्रतिस्थापन, ५७ दशमलव ६८ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव छ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।

यसैगरी ऋषिङ गाउँपालिका-१, ६, ७ र ८ मा ९२ वटा पोल फेर्ने, ४२ दशमलव ६५ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव ६२ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने कार्यक्रम छ । 

एमसीए साझेदारी क्रियाकलापअन्तर्गत सञ्चालन हुने यी कामले ग्रामीण तथा सहरी क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ । 

पुराना पोल तथा तार विस्थापन गरी एबी केबल जडान गरिने भएकाले विद्युत् चुहावट तथा प्राविधिक समस्या न्यूनीकरण हुनुका साथै उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ३ : ३३ बजे

उत्तरी सागरमा कार्बनडाइअक्साइड भण्डारण सुरु

कोपेनहेगन– डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा

योगेशको आरोप- पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष ओलीले हस्तक्षेप गरे

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु