मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो « Khabarhub

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिइन् । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा स्वास्थ्यचौकीमा झापा जिल्लास्तरीय खोप अभियानको उद्घाटन गरिने उनले बताइन् ।

मेचीनगरमा चालु आर्थिक वर्षमा छ जनामा जापानिज इन्सेफ्लाइटिसको  सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताइन्। आव २०८१-८२ र आव २०८२-८३ मेचीनगरमा यही रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको थियो । भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरलाई संवेदनशील मानिएको छ ।

मेचीनगरको पाँचवटा वडामा रोगको सङ्क्रमण देखापरेको छ । खोप केन्द्रसम्म ज्येष्ठ नागरिकलाई ल्याउन आवश्यक परेमा सिटी सफारी र टेम्पोको प्रयोग गर्नेगरी तयारी भएको मेतीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए। 

झापामा चालु आवभित्र १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए।
 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ३८ बजे

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय