रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा « Khabarhub

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन् । 

शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनर्स्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए । 

उनले  विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ’विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे । 

संसद् र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि यसबारे निरन्तर आवाज उठाएको उनले बताए । सभापति थापाले जलवायु परिवर्तनलाई केवल वन तथा वातावरण मन्त्रालयको जिम्मा लगाएर राष्ट्रिय सुरक्षा र कूटनीतिलाई अलग–अलग कोठामा राखेर छलफल गर्ने सुविधा अब नेपालसँग नरहेको धारणा राखे । 

उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको छलफल गर्दा तथ्य र प्रमाणका आधारमा जलवायु मुद्दालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए । केही महिनापछि विपद्को विषय सबैले बिर्सिएको बेला संसद्मा उभिएर सरकारलाई सम्झाउने र खबरदारी गर्ने काम प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ४४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत