रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा « Khabarhub

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन् । 

शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनर्स्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए । 

उनले  विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ’विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे । 

संसद् र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि यसबारे निरन्तर आवाज उठाएको उनले बताए । सभापति थापाले जलवायु परिवर्तनलाई केवल वन तथा वातावरण मन्त्रालयको जिम्मा लगाएर राष्ट्रिय सुरक्षा र कूटनीतिलाई अलग–अलग कोठामा राखेर छलफल गर्ने सुविधा अब नेपालसँग नरहेको धारणा राखे । 

उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको छलफल गर्दा तथ्य र प्रमाणका आधारमा जलवायु मुद्दालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए । केही महिनापछि विपद्को विषय सबैले बिर्सिएको बेला संसद्मा उभिएर सरकारलाई सम्झाउने र खबरदारी गर्ने काम प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ४४ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई