फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते « Khabarhub

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार भएका प्रदर्शन हिंस्रक बनेका छन्। देशका विभिन्न भागमा भएका हिंस्रक झडप, तोडफोड र आगजनीका घटनामा १२ सयभन्दा बढी मानिस पक्राउ परेका छन्।

फ्रान्स सरकारले यसलाई ‘हिंसाको खतरनाक वृद्धि’ को रूपमा परिभाषित गरेको छ। प्रदर्शनका क्रममा अनुमानित ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए।

राजधानी पेरिसमा साँझपख प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच ठूलो झडप भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। राजधानी पेरिसलगायत अन्य प्रमुख सहरमा भवनहरूमा आगजनी गरिएको छ। लिमोगेस सहरमा नगरपिताको कार्यालयमा भएको भीषण आगजनीका कारण भवनको छानो आंशिक रूपमा भत्किएको छ।

त्यसैगरी, धेरै सहरमा लुटपाट मच्चिएको छ भने स्थानीय सरकारका कार्यालयहरू र व्यापारिक प्रतिष्ठानलाई लक्षित गर्दै व्यापक तोडफोड गरिएको छ।

प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले हिंसात्मक प्रदर्शनका क्रममा १५० जना प्रहरी कर्मचारी घाइते भएको जानकारी दिएका छन्।

पेरिसमा दिउँसोको समयमा मुख्य र्‍याली शान्तपूर्ण देखिएको थियो। बीबीसीका अनुसार युवाहरूको एक समूहले आफूहरू ‘शान्तिवादी’ भएको र देशमा परिवर्तन ल्याउन चाहे पनि केही नभएको बताएका थिए। तर, दिन ढल्दै जाँदा केही समूहले सडकमा आगो बाल्नुका साथै मध्य पेरिसको प्लेसे डे ला रिपब्लिक जस्ता प्रतिष्ठित स्थानहरूमा सवारीसाधनमा समेत आगजनी गरेका थिए।

पसलमा लुटपाट गरिएको छ भने कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रदर्शनकारीका विभिन्न समूहबीच पनि आपसी झडप भएको बीबीसीले जनाएको छ। मध्य पेरिसमा दङ्गा प्रहरीले प्रदर्शनकारीको भीडमाथि लाठीचार्ज समेत गरेको थियो।

लियोन सहरका मेयर ग्रेगोरी डौसेटले सहरको पर्यटन कार्यालयमा भएको आगजनीलाई ‘दुःखद घटना’ भन्दै यसले आफूहरूको मन रोएको बताएका छन्। उनले यो निकै प्रसिद्ध र ऐतिहासिक भवन भएको उल्लेख गरे। स्थानीय प्रहरीका अनुसार ‘अवाञ्छित व्यक्तिहरू’ ले दमकललाई सुरक्षित रूपमा आगो निभाउन अवरोध पुर्‍याएका थिए।

यस्तै, लिमोगेसको टाउन हलमा लागेको आगो नियन्त्रणमा लिन पनि दमकल टोलीले कडा संघर्ष गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ७ : ०४ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १