चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल « Khabarhub

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र दुर्घटनाजस्ता आपराधिक तथा जोखिमपूर्ण गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देश जारी गर्दै आपसी सद्भाव कायम राखेर जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो।

चाडपर्वको समयमा घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले प्रदेश प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ। घर छाड्दा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि भन्न तथा सम्भव भएसम्म सीसीटीभी र आपत्कालीन साइरनजस्ता प्रविधि प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ।

त्यस्तै, मेलापर्व तथा भीडभाड हुने स्थानमा गहना, मोबाइल र नगद चोरी हुन सक्ने भएकाले पाकेटमारीबाट जोगिन, रातिको समयमा घरबाहिरको बत्ती बाल्न तथा दियो वा मैनबत्ती बाल्दा आगलागी हुन नदिन विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ।

बैंकको एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचितले दिएको खानेकुरा नखान, सुन तथा डलर साट्ने नाममा हुने ठगीबाट जोगिन र जुवातासजस्ता गैरकानुनी गतिविधिबाट टाढा रहनसमेत अपिलमा उल्लेख छ।

पटका, भुइँचम्पा र आतिसबाजीजस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न, चर्को आवाजमा लाउडस्पिकर नबजाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नबोक्न पनि प्रहरीले आग्रह गरेको छ।

चाडपर्वका बेला कुनै समस्या वा आपत्कालीन अवस्था आएमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा तत्काल सम्पर्क गर्न सकिने गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ८ : ०२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका