टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित « Khabarhub

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीका प्रतिनिधित्व गर्दै ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उनले बताए ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ । विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए । 

बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए ।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । 

तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए ।
 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ५९ बजे

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभिन्न शुल्क,

प्रेमको नयाँ उल्झनमा अनन्या पाण्डे, ‘कल मी बे’को दोस्रो सिजनमा श्रुति हासनको इन्ट्री

काठमाडौं– विलासी जीवनशैली, ग्ल्यामर र प्रेमका रमाइला उतारचढावले दर्शकको ध्यान

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर