संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली « Khabarhub

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

सरकारले निर्मम हमला गर्‍यो त्यसको मूल्य महङ्गो पर्छ


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको अन्तर्गत आतंकको छायामुनि चलिरहेको बताएका छन्  ।  

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको बताएका हुन् ।

उनले सरकारले फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार देखाएको भन्दै प्रतिरोधका लागि तयार नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले सुरुदेखि नै वर्तमान सरकारले एमालेमाथि निर्मम हमला गरेकाले त्यसलाई निरन्तरता दिए त्यसको मूल्य महङ्गो पर्न सक्ने चेतावनी दिए  । उनले गत बर्ष भएका हिंसात्मक घटनालाई मान्यता दिनका लागि संवैधानिक बाटो निर्वाचनको मञ्चन पनि गरिएको टिप्पणी गरे।

ओलीले संघर्षको मैदानबाट लडेर आएको पार्टी एमाले भएकाले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पुरा गर्न आफ्नो पार्टी पुनः सरकारमा जाने दावी गरे ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले योजनाबद्ध ढंगले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाटन हटाएर कहिलेका लागि प्रमाण राख्न खोजेको हो भन्दै प्रश्न गरे । 

दुईदिनसम्म चल्ने एमालेको राष्ट्रिय भेलामा देशभरबाट ३४ सय १४ प्रतिनिधिहरु सहभागी भएका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  २ : १६ बजे

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभिन्न शुल्क,

प्रेमको नयाँ उल्झनमा अनन्या पाण्डे, ‘कल मी बे’को दोस्रो सिजनमा श्रुति हासनको इन्ट्री

काठमाडौं– विलासी जीवनशैली, ग्ल्यामर र प्रेमका रमाइला उतारचढावले दर्शकको ध्यान

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर