काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले सहकारी ठगीका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उल्लेख गरेका हुन् । उनले अब क्रमबद्ध रूपमा बाँकी दोषीको खोजी तथा कारबाही प्रक्रियालाई तीव्र बनाइने बताएका छन् ।
गृहमन्त्री गुरुङले करिब पाँच वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताको पीडा सुनेको स्मरण गरेका छन् ।
उक्त पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गर्दै उनले अभियन्ता रहँदा वा ‘जेन–जी आन्दोलन’ पश्चात्का प्रयासमा तत्काल ठोस काम गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पीडितलाई न्याय दिलाउन खोजी तीव्र पारिएको दाबी गरेका छन् ।














प्रतिक्रिया