एनपीएल इलिमिनेटर : टस जितेर काठमाण्डुविरुद्ध सुरुमा ब्याटिङ गर्दै चितवन « Khabarhub

एनपीएल इलिमिनेटर : टस जितेर काठमाण्डुविरुद्ध सुरुमा ब्याटिङ गर्दै चितवन


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटरमा चितवन राइनोजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

चितवनका कप्तान रबि बोपाराले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै काठमाण्डुका कप्तान करण केसीलाई बलिङको निम्तो दिएका हुन् ।

आजको खेल जित्नै पर्ने दबाबमा दुवै टिम छन् । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ भने विजयी टिमले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ ।

इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ ।

लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ ।

आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका थिए ।

पहिलो क्वालिफायरमा विजयी लुम्बिनी फाइनल पुगिसकेको छ । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ४ : ३९ बजे

सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट

काठमाडाैँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघ (चाइनिज

एनपीएल इलिमिनेटर : टस जितेर काठमाण्डुविरुद्ध सुरुमा ब्याटिङ गर्दै चितवन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटरमा चितवन

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा