डेढ वर्षभित्र १ हजार ६ सय नयाँ टावर बन्छन्, कोही सञ्चार पहुँचबाट वञ्चित हुँदैनन् : सञ्चारमन्त्री « Khabarhub

डेढ वर्षभित्र १ हजार ६ सय नयाँ टावर बन्छन्, कोही सञ्चार पहुँचबाट वञ्चित हुँदैनन् : सञ्चारमन्त्री


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने बताएका छन् । मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पुर्‍याउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालय पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा मन्त्री तिमिल्सिनाले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६ सय टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । करिब १२ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र समयमै काम नसकिने समस्या चुनौतीका रूपमा रहेको औंल्याए । उनले गुनासो आएका स्थानमा तत्काल समस्या समाधान गर्न, विद्युत् नपुगेका ठाउँमा उच्च क्षमताको सौर्य ऊर्जा र ब्याट्रीको व्यवस्था गर्न तथा चालु टावरको नियमित निरीक्षण गरी क्षमता वृद्धि गर्न नेपाल टेलिकमलाई निर्देशन दिए ।

छलफलमा सहभागी काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्टले उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेटको गुणस्तर कमजोर रहेको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सेवा सुधार गर्न आग्रह गरे ।

सो अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर स्थलगत अध्ययन गरिने र समस्या पहिचान गरी सुधारका काम अघि बढाइने प्रतिबद्धता जनाइन् ।

स्थानीय युवाहरूले गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेकाले पर्यटकको चाप बढे पनि सञ्चार सुविधा नहुँदा समस्या भएको बताए । उनीहरूले करिब ४ हजार ५ सय मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क विस्तार गर्न, मेलम्ची डाँडा र पाङ्ग्रेप डाँडाका टावर मर्मत तथा स्तरोन्नति गर्न र बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान, दिप्पुङलगायत बस्तीमा भरपर्दो फोरजी सेवा सुनिश्चित गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ५ : ४१ बजे

संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

काठमाडौँ– सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको

विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई

डेढ वर्षभित्र १ हजार ६ सय नयाँ टावर बन्छन्, कोही सञ्चार पहुँचबाट वञ्चित हुँदैनन् : सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका

त्रिविका १२ क्याम्पस मात्र विकेन्द्रीकरणमा जान बाँकी, नियम परिमार्जनसहित समेट्ने तयारी

काठमाडौँ – शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन

जब प्रेमबाट सुरु भएको कथा धोका र वियोगमा टुंगिन्छ !

काठमाडौं– अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको प्रेम, विवाह