चोरीका गरगहना र नगदसहित पक्राउ « Khabarhub

चोरीका गरगहना र नगदसहित पक्राउ


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँका दीपेश डङ्गोल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डङ्गोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रु ४१ हजार बरामद गरिएको छ ।

प्रहरीले बरामद गरिएका गरगहना तथा नगद चोरीसँग सम्बन्धित रहेको जनाएको छ । डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १० : ५३ बजे

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा