केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस् « Khabarhub

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

एमालेभित्र टिकट वितरणलाई लिएर आन्तरिक लोकतन्त्रको प्रश्न


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिएर आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप उठ्न थालेको छ। जेन-जी युवा तथा कानुनका विद्यार्थी माजिद अन्सारीले सामाजिक सञ्जालमार्फत एमाले नेतृत्वको निर्णय प्रक्रियामाथि कडा प्रश्न उठाएका छन्।

उनले ११ औं महाधिवेशनपछि केपी ओली नेतृत्वको टिम विजयी हुँदा हार-जितलाई प्राविधिक विषय मानेर पार्टीभित्र कम्तीमा आन्तरिक लोकतन्त्र बाँकी छ भन्ने विश्वास गर्न सकिने अवस्था रहेको उल्लेख गरेका छन्। तर पछिल्लो सचिवालय बैठकले तत्कालीन ईश्वर पोखरेल पक्षका प्यानलका सबै नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धाबाट बाहिर राख्नुले त्यो विश्वास तोडिएको उनको टिप्पणी छ।

अन्सारीले महाधिवेशनमा उल्लेख्य मत ल्याएका डा. सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईलाई समेत उम्मेदवार बन्न नदिइनु राजनीतिक रूपमा अस्वीकार्य भएको बताएका छन्। यसले एमाले ‘टिम’ नभई सीमित व्यक्तिको नियन्त्रणमा रहेको संगठनजस्तो देखिएको उनको आरोप छ।

उनले पार्टीभित्र बढ्दो एकल आधिपत्यले जनताको बहुदलीय जनवाद र जनवादी केन्द्रीयताको मर्ममाथि प्रश्न उठाएको उल्लेख गर्दै युवा नेताहरूलाई मौन नबस्न आह्वान गरेका छन्। समिक बादल, सुहाङ नेम्बाङ र उषाकिरण तिम्सिना जस्ता नेताहरूले आजैबाट लोकतन्त्रको पक्षमा बोल्नुपर्ने उनको भनाइ छ।

अन्सारीले आफू एमालेको सदस्य वा समर्थक नभए पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रप्रति चासो राख्ने अधिकार हरेक नेपाली नागरिकलाई हुने स्पष्ट पारेका छन्। उनले अन्त्यमा नेतृत्वलाई सच्चिन चेतावनी दिँदै नत्र राजनीतिक रूपमा सकिने अवस्था आउन सक्ने संकेत गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : १३ बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल