केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस् « Khabarhub

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

एमालेभित्र टिकट वितरणलाई लिएर आन्तरिक लोकतन्त्रको प्रश्न


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिएर आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप उठ्न थालेको छ। जेन-जी युवा तथा कानुनका विद्यार्थी माजिद अन्सारीले सामाजिक सञ्जालमार्फत एमाले नेतृत्वको निर्णय प्रक्रियामाथि कडा प्रश्न उठाएका छन्।

उनले ११ औं महाधिवेशनपछि केपी ओली नेतृत्वको टिम विजयी हुँदा हार-जितलाई प्राविधिक विषय मानेर पार्टीभित्र कम्तीमा आन्तरिक लोकतन्त्र बाँकी छ भन्ने विश्वास गर्न सकिने अवस्था रहेको उल्लेख गरेका छन्। तर पछिल्लो सचिवालय बैठकले तत्कालीन ईश्वर पोखरेल पक्षका प्यानलका सबै नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धाबाट बाहिर राख्नुले त्यो विश्वास तोडिएको उनको टिप्पणी छ।

अन्सारीले महाधिवेशनमा उल्लेख्य मत ल्याएका डा. सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईलाई समेत उम्मेदवार बन्न नदिइनु राजनीतिक रूपमा अस्वीकार्य भएको बताएका छन्। यसले एमाले ‘टिम’ नभई सीमित व्यक्तिको नियन्त्रणमा रहेको संगठनजस्तो देखिएको उनको आरोप छ।

उनले पार्टीभित्र बढ्दो एकल आधिपत्यले जनताको बहुदलीय जनवाद र जनवादी केन्द्रीयताको मर्ममाथि प्रश्न उठाएको उल्लेख गर्दै युवा नेताहरूलाई मौन नबस्न आह्वान गरेका छन्। समिक बादल, सुहाङ नेम्बाङ र उषाकिरण तिम्सिना जस्ता नेताहरूले आजैबाट लोकतन्त्रको पक्षमा बोल्नुपर्ने उनको भनाइ छ।

अन्सारीले आफू एमालेको सदस्य वा समर्थक नभए पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रप्रति चासो राख्ने अधिकार हरेक नेपाली नागरिकलाई हुने स्पष्ट पारेका छन्। उनले अन्त्यमा नेतृत्वलाई सच्चिन चेतावनी दिँदै नत्र राजनीतिक रूपमा सकिने अवस्था आउन सक्ने संकेत गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : १३ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई