कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न « Khabarhub

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरीपालक तथा स्थानीय परम्परागत (रैथाने) बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि गरेका छन् ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लिबर्डसहितका दर्जन बढी संस्थाको समन्वयमा नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो प्रादेशिक मह महोत्सव’ले व्यवसायी एवं किसानलाई आआफ्नो उद्यम, व्यवसाय तथा कर्ममा लाग्न उत्साहित गरेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाले बताए ।

उनले भने, ‘महोत्सवले व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउनुका साथै यसले कारोबार पनि त्यत्तिकै बढाएको छ ।’ प्रजातीय, पर्यावरणीय र जैविक विविधता प्रवर्द्धन गर्नमा महोत्वसको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निर्देशक रोकायले कर्णाली जैविक विविधतायुक्त प्रदेश भएकाले यसको संरक्षण तथा संवर्द्धनमा सबैको उत्तिकै योगदान हुने धारणा व्यक्त गरे ।

नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष लीलाराम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताए । यतिबेला १० लाखको बिक्री वितरण भएको बताउँदै मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’बाट राम्रो सन्देश प्रवाह भएको जनाए ।

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताए । (रासस)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ०७ बजे

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन