जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी « Khabarhub

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।

विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले बताए । उनका अनुसार रामेछाप– ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नम्बर ७ सुकाजोरका रामकुमार कार्कीलगायत युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको जानकारी दिए ।

उनले अन्य किसानको भन्दा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको जुनार बगैँचा राम्रो र धेरै फल्ने गरेको पनि बताए । उनले भने, ‘उहाँहरू विदेशमा मेहेनत गर्ने बानी परेर होला आफ्नो जुनार बगैँचामा पनि पर्याप्त समय दिनुहुन्छ, अनि बगैँचा राम्रो र सफा भएपछि दाना पनि चिल्ला र ठूलो हुने गरका छन्, अरु जुनार किसानको तुलनामा उहाँहरूको जुनार बढी बिक्री हुने गरेको जानकारी मलाई प्राप्त भएको छ ।’

जुनारखेती गरेको जमिनबाट दोहोरो आम्दानी पनि हुने गरेको छ । जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली, बन्दा, काउली, मुला, साग, गाँजर, लसुन, प्याजजस्ता तरकारी बालीसमेत उत्पादन गरी थप आम्दानी लिन सकिने रामेछाप नगरपालिका–७ की किसान ज्ञानुका कार्कीले बताइन् ।

जुनारखेतीबाट दोहोरो आम्दानी लिन सकिने भएकाले उनीहरूको आकर्षण यस खेतीतर्फ बढेको हो । बर्सेनि जुनारखेती विस्तार गर्दै गएमा उत्पादन वृद्धि हुने र जुनारले उत्पादन दिन थालेपछि बगैँचाबाटै प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । जुनार बगैँचाभित्रको तरकारी तथा कोसे बालीले पनि राम्रो आम्दानी दिने गरेको कार्कीले बताए । यसरी जुनारबाट दोहोरो फाइदा हुन थालेपछि पछिल्लो समयमा यहाँका किसान जुनारखेतीतर्फ अकर्षित भएका हुन् ।

विदेशको जति स्वदेशमै मेहेनत गर्ने हो भने वैदेशिक रोगजारीभन्दा कम यस खेतीबाट पनि नहुने किसानहरूको दाबी छ ।

आफू भारतको गुजरातमा २५ वर्ष बसेर चालकको काम गरे पनि त्यहाँको आम्दानी खासै चित्त नबुझेर स्वदेशमै केही गर्ने अठोटका साथ गाउँ फर्किएर करिब २० रोपनी जमिनमा जुनारखेती गरेको र त्यसमा आफू सन्तुष्ट रहेको रामेछाप नगरपालिका–६ का युवा व्यवसायी हिमाल तामाङले बताए ।

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा मलेसिया गएको र पाँच वर्ष बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले आफू स्वदेश फर्केर करिब १५ रोपनी जग्गामा जुनारखेती गरेको अर्का किसान रामकुमार कार्कीले बताए ।

आफूले लामो समय खाडी मुलुकमा बसेर काम गरेको, आफूजस्ता लेखपढ नभएकालाई विदेशमा पनि सजिलो काम पाउन मुस्किल भएकाले त्यहाँको काम छाडेर स्वादेश फर्किएको, साथीभाइको अनुरोधमा करिब सात रोपनी जग्गामा गरेको जुनारखेतीबाट आफू सन्तुष्ट भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान टेकबहादुर तामाङले बताए ।

गत वर्ष रामेछाप जिल्लामा पाँच सय ४० हेक्टर क्षेत्रमा जुनार तथा सुन्तलाको खेती गरिएको भए पनि चालु आवमा लिखु तामाकोसी गाउँपालिकामा एक सय हेक्टर थप भएकाले हाल छ सय ४० हेक्टरमा जुनारखेती भइरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मन्थलीका नायब प्राविधिक सहायक भवानी बस्नेतले बताए । (रासस)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ०६ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित