काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि सडकमा पनि एकसाथ उत्रिएको छ ।
पार्टी आधिकारिकताको माग गर्दै देउवा समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ ।
उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।
माइतीघरमा प्रदर्शन भइरहँदा सर्वोच्च अदालतमा पनि आयोगको निर्णय विरूद्ध मुद्दा दायर गर्न नेताहरू पुगेका छन् ।
अहिले सर्वोच्चमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू रिट दर्ता गराउन पुगेका छन् ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया