आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप « Khabarhub

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष र्‍याप गीत युट्युबर तथा र्‍यापर कुशल पोखरेलले गाएका छन् ।

निर्माण पक्षले शनिबार कुशलको स्वर र शब्द रहेको गीत ‘फोन नगर’ सार्वजनिक गरेको हो ।

माघ २३ बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचार लागि माघ १ मा बुटवलमा आयोजित कन्सर्टमा यो गीत कुशलले पहिलो पटक सार्वजनिक स्थानमा गाएका थिए ।

युट्युबमा सार्वजनिक यस गीतको भिडियोमा कुशल पनि फिचर्ड छन् । भिडियोमा नायिका आना शर्मा हाबी छिन् । ब्रेकअपपछिको घटनामा यो गीत बनेको छ । झोलेइज्मको निर्देशनमा भिडियो तयार भएको हो ।

फिल्ममा ‘रमिताको पिरती’मा आनासहित धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राईलगायतको अभिनय रहेको छ ।

यही फिल्मको लेखक र निर्देशक सुदिप्ता हुन् । उनको यो डेब्यू फिल्म हो ।

गीतको लिंक :

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३२ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्