आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप « Khabarhub

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष र्‍याप गीत युट्युबर तथा र्‍यापर कुशल पोखरेलले गाएका छन् ।

निर्माण पक्षले शनिबार कुशलको स्वर र शब्द रहेको गीत ‘फोन नगर’ सार्वजनिक गरेको हो ।

माघ २३ बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रचार लागि माघ १ मा बुटवलमा आयोजित कन्सर्टमा यो गीत कुशलले पहिलो पटक सार्वजनिक स्थानमा गाएका थिए ।

युट्युबमा सार्वजनिक यस गीतको भिडियोमा कुशल पनि फिचर्ड छन् । भिडियोमा नायिका आना शर्मा हाबी छिन् । ब्रेकअपपछिको घटनामा यो गीत बनेको छ । झोलेइज्मको निर्देशनमा भिडियो तयार भएको हो ।

फिल्ममा ‘रमिताको पिरती’मा आनासहित धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राईलगायतको अभिनय रहेको छ ।

यही फिल्मको लेखक र निर्देशक सुदिप्ता हुन् । उनको यो डेब्यू फिल्म हो ।

गीतको लिंक :

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको