सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए « Khabarhub

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित नेता बिलाल हसन अल–जासिम मारिएका छन् । 

अधिकारीहरूले उनी गत महिनामा अमेरिकी सैनिक र एक नागरिकको हत्या गर्ने इस्लामिक स्टेट सदस्यसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन् ।

सेन्ट्रल कमान्डका कमाण्डर एडमिरल ब्र्याड कुपरले भने, ‘अमेरिकी नागरिक र सैनिकमाथि आक्रमण गर्नेहरूका लागि कुनै सुरक्षित स्थान छैन । हामी उनीहरूलाई पत्ता लगाउँछौँ ।’

यो हमला ‘हकआइ स्ट्राइक’ अभियानको भाग हो, जुन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकमाथि आक्रमणको प्रतिकारका लागि आदेश दिएका थिए । यस अभियानमा अमेरिकासँगै जोर्डन र सिरियाका साझेदारहरूले १०० भन्दा बढी इस्लामिक स्टेटको आधार र हतियार स्थलहरूलाई लक्षित गरेका छन् ।

सिरियाली राष्ट्रपति अहमद अल–शाराराले यस घटनाप्रति गम्भीर असन्तोष व्यक्त गरे भने अमेरिकी राष्ट्रपति ट्रम्पले यस कदमलाई आतङ्कवादीहरूको पुनर्गठन रोक्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । रासस

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ४६ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार