दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा « Khabarhub

दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले सुरु गरेको आमरण अनसन आज पनि जारी छ । 

नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा उनीहरू ३० पुसदेखि काठमाडौँको सिफल चौरमा आमरण अनसनमा बसिरहेका छन् । 

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिको तर्फबाट उपाध्याय अनसनमा बसेका हुन् ।

अनसन सुरु भएको पाँच दिन बितिसक्दा पनि सरकारी पक्षबाट मागका विषयमा कुनै औपचारिक प्रतिक्रिया नआएको संयुक्त संघर्ष समितिले जनाएको छ । समितिका अनुसार, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा अल्झिँदै आएको छ ।

स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४(२)अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको समितिको गुनासो छ ।

परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा स्वास्थ्यकर्मीको दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कार्य प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ । त्यसैगरी, विगतमा भएको सहमति अनुसार स्वास्थ्यकर्मी तथा नर्सहरूको तलब–भत्ता तत्काल लागू गर्नुपर्ने माग पनि संयुक्त संघर्ष समितिले अघि सारेको छ ।

मागहरू पूरा नभएसम्म आमरण अनसन जारी रहने चेतावनी समितिले दिएको छ । यसैबीच, नेपाल चिकित्सक संघले पनि संयुक्त संघर्ष समितिले अघि सारेका मागहरू र सुरु गरिएको आमरण अनसनप्रति ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ०६ बजे

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार