अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला « Khabarhub

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा. शेखर कोइराला समूहको अलग्गै भेला काठमाडौंको बत्तीसपुतलीमा सुरू भएको छ।

विशेष महाधिवेशनमार्फत् नेपाली कांग्रेसको नेतृत्व गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिएसँगै नेता कोइराला यता न उता भएका छन् ।

यो अवस्थामा उनले शुक्रबारदेखि आधिकारिकता गुमाएका निवर्तमान सभापति देउवालाई पनि साथ नदिने नीति लिएका छन् ।

सकेसम्म आधिकारिकता पाएको गगन थापा पक्षसँग मिलेर फागुन २१ को चुनाव लड्ने तयारीमा रहेको यो समूहलले अनुपम फुडल्यान्डमा सम्भावित रणनीति बनाउँदैछ ।

फागुन २१ को चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको समय आइसक्दा कोइराला पक्ष जुटेको हो । उता निवर्तमा सभापति देउवा पक्षले आइतबार सर्वोच्च अदालतमा रिट हालेको छ ।

उक्त रिटमाथि मंगलरबार सुनुवाइ गर्ने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ ।

मंगलबार सुनुवाइ हुने दिन नै निर्वाचन आयोगमा पनि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन हुँदैछ । यस्तोमा शेखर पक्षले गगनहरूसँग मिलेर अघि बढ्ने गरी रणनीति तय गर्ने सम्भावना छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ०२ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार