बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था « Khabarhub

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि राजीनामा नदिने भएका छन् ।

उनले आइतबार महानगरको प्रमुखबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गर्ने चर्चा थियो । तर राजीनामा नदिई उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । त्यसपछि उनले मंगलबार उम्मेदवारी दिने तयारी गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलहरूले स्थानीय तहको प्रमुख, उपप्रमुखलाई टिकट प्रदान गरिरहेका छन् । के उनीहरूले बहाल रहेको सार्वजनिक पदबाट राजीनामा नदिई प्रतिनिधिसभाको उम्मेदवार बन्न मिल्छ ? धेरैले यो जिज्ञासा राखिरहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न कुनै सार्वजनिक पदबाट राजीनामा अनिवार्य नभएको बताएका छन् ।

‘प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ ले उम्मेदवार बन्नुअगाडि राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ तर, निर्वाचन आचारसंहिताले उम्मेदवारी दिएपछि पद स्वतः निष्क्रिय हुने व्यवस्था गरेकोले राजीनामा नदिई उम्मेदवारी दिनसक्छन्’, उनले भने ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को व्यवस्था

निर्वाचन आचारसंहिता २०८२ ले भने प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयन दर्ता भएपछि बहाल रहेको पदबाट स्वतः पदमुक्त भएको मानिने व्यवस्था गरेको छ ।

यस्तो छ आचारसंहिताको व्यवस्था :

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : २२ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्