निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै « Khabarhub

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१ गतेका लागि तय भएको निर्वाचन तालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिँदैछ ।

निर्वाचन आयोग र वैधानिकता पाएका सभापति गगन थापाविरुद्ध सर्वोच्च अदालतमा रिट हालिसकेको देउवा समूहले अब फेरि निर्वाचन आयोग गुहार्न लागेको हो ।

पत्र लिएर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल र कानुनविद् एवम् पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खाती आइतबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोगमा पुग्दैछन् ।

देउवा समूहले सर्वोच्चमा दायर रिट दर्ता भएर मंगलबार सुनुवाइका लागि पेशीमा चढिसकेको भन्दै टुंगो नलाुञ्जेल निर्वाचनसम्बन्धी प्रक्रिया अघि नबढाउन आग्रह गर्न लागेको हो ।

देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आयोगको निर्णयबाट कांग्रेसको संवैधानिक र कानुनी हकमा गम्भीर हनन भएको बताए।

निर्वाचन आयोगले बदनीयतपूर्ण र षड्यन्त्रपूर्वक निर्णय गरेर कांग्रेसलाई निर्वाचन प्रक्रियाबाट बाहिरै राख्ने अवस्था बनाएको पनि उनको गुनासो छ।

आयोगको उक्त निर्णयविरुद्ध कानुनी अधिकार कायम गराइ पाउन आफूहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएको पनि उनले बताएका छन् ।

देशको मुख्य अदालतमा रिट विचाराधीन रहेको अवस्थामा निर्वाचनसम्बन्धी कार्यतालिका स्थगित गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३२ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्