काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
गुरुङले फेसबुकमार्फत आज दिउँसो ३:३० बजे आफू र मेयर साह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्न लागेको जानकारी दिएका हुन् ।
उनले यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख गरेका छन्।
नागरिकले माग गर्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनले बताएका छन् ।
जनहितलाई पहिलो प्राथमिकता दिने, युवाको विश्वास सुरक्षित राख्ने र परिवर्तनलाई दीर्घकालीन बनाउने प्रतिबद्धता उनले बताएका छन्।
गुरुङले यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने पनि स्पष्ट पारेका छन्। उनले गोरखाबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।













प्रतिक्रिया