एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो « Khabarhub

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय बैठकका निर्णयप्रति चार बुँदे फरक मत पार्टी कार्यालयमा दर्ता छन्।

शनिबार बसेको सचिवालय बैठकले गरेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट प्रक्रियामा गम्भीर कमजोरी गरेको उल्लेख गर्दै उनले आइतबार फरक मत दर्ता गराएका हुन् ।

फरक मतमा भट्टराईले उम्मेदवार छनोट स्पष्ट मापदण्डबिनै गरिएको, आन्तरिक प्रतिस्पर्धाको प्रभाव निर्णयमा देखिएको र यसले पार्टी एकतालाई कमजोर बनाउने जोखिम रहेको उल्लेख गरेका छन्।

मुख्य बुँदा

• प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा स्पष्ट, समान र न्यायोचित मापदण्ड नबनाइएकाले योग्यता, क्षमता र पार्टीप्रतिको निष्ठाभन्दा नेतृत्वको चाहना र पक्षधरता हावी भएको,

• हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिस्पर्धा उम्मेदवार छनोटमा प्रत्यक्ष देखिनु पार्टीको आन्तरिक एकताका लागि घातक हुने खतरा,

• प्रभावशाली नेताहरू सुरक्षित क्षेत्रतर्फ सरेर चुनौतीपूर्ण क्षेत्र छोड्दा कार्यकर्तामा नकारात्मक सन्देश गएको र स्वाभिमानी कार्यकर्तामाथि अन्याय भएको,

• मापदण्डका आधारमा उम्मेदवार छनोट गरिएको भए पार्टीमा अभूतपूर्व एकता र चुनावी अभियानमा व्यापक उत्साह सिर्जना हुन सक्ने अवस्था ।

फरक मत राख्दै भट्टराईले पार्टी निर्णयमाथि समीक्षा उचित समयमा हुने स्पष्ट पारेका छन्। यद्यपि, अहिलेको मुख्य प्राथमिकता निर्वाचनमा एमाले उम्मेदवारको जित भएको बताउँदै उनले सबै नेता–कार्यकर्तालाई विचलित नभई एकताबद्ध रूपमा चुनावी अभियानमा जुट्न आग्रह गरेका छन्।

योगेशका चार बुँदे फरक मत

१. मुलुकको विशिष्ट राजनीतिक परिस्थितिमा २०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको छ। उक्त निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार छनोट गर्दा स्पष्ट मापदण्ड बनाइनु पर्दछ भन्ने मेरो मत छ।

मापदण्ड नबनाई उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार मानिएको देखिन्छ। कुनै ठाउँमा त्यही विशेषता भएका व्यक्तिलाई उम्मेदवारी दिइएको छ भने अर्का ठाउँमा त्यस्तै विशेषता भएका व्यक्तिलाई छनोटबाट वञ्चित गरिएको छ। यसले पार्टीको निर्णयप्रति देशव्यापी रूपमा एकस्वर समर्थन प्राप्त हुन नसकेको अवस्था देखाउँछ।

२. हामीले हालै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गरेका छौँ। सो अवसरमा नीति र नेतृत्वका सन्दर्भमा प्रतिस्पर्धा भएको कुरा विदितै छ। प्रतिनिधिसभाका उम्मेदवार (समानुपातिक र प्रत्यक्ष) छनोटमा सो प्रतिस्पर्धाकालीन पक्षधरता स्पष्ट रूपमा देखिन्छ।

यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउँछ। पार्टी भनेको विविधताबीचको एकता हो भन्ने कुरालाई उम्मेदवार छनोटका क्रममा पूर्ण रूपमा नजरअन्दाज गरिएको छ। यो आजको निर्णयको गम्भीर भूल हो।

३. प्रभावशाली नेताहरू चुनौतीपूर्ण क्षेत्रमा उम्मेदवार बनेर परिणाम निकाल्दा आम कार्यकर्तामा उत्साह पैदा हुन्छ। २०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट कमरेड मदन भण्डारीको उम्मेदवारी र विजय यसको स्पष्ट दृष्टान्त हो।

तर हाल नेताहरू पुरानो क्षेत्र छोडेर सुरक्षित क्षेत्रतर्फ जाँदा एकातिर सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन भने अर्कातिर पदिय हैसियत कम भएका स्वाभिमानी कार्यकर्तामाथि खुलेआम अन्याय भएको छ।

४. माथि उल्लेखित विषयहरूलाई आधार मानेर उम्मेदवार छनोट गरिएको भए पार्टीमा अभूतपूर्व एकता कायम हुनुका साथै चुनावी अभियानमा व्यापक उत्साह पैदा हुने थियो। यस मामलामा आजको निर्णय गम्भीर रूपमा चुकेको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ३१ बजे

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी

नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सुरु

काठमाडौं– नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट