आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर « Khabarhub

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको उम्मेदवारीलाई लिएर चर्को आलोचना भएपछि सच्याउन थालेका छन् ।

उनले सुदूरपश्चिमका दुईवटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सच्याएएका हुन् । शनिबारको सचिवालय बैठकमा ओलीले एकलौटी गरेको निर्णयमा कार्यकर्ताहरूले आपत्ति र विरोध जनाएपछि उम्मेदवार फेरिएको हो ।

एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ को निर्वाचनमा २०७९ सालमा विजयी तारा लामा तामाङलाई नै टिकट दिने भएको छ । यसअघि शनिबार केन्द्रीय सदस्य कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

तर बोहोराको उम्मेदवारीलाई लिएर स्थानीय एमालेबृत्तमा चर्को आलोचना भएको थियो । त्यसपछि आफ्नो गुटबाहिरका भए पनि ओलीले निवर्तमान प्रतिनिधिसभा सदस्य तामाङलाई नै टिकट दिन लागेका हुन् ।

यस क्षेत्रबाट यस पटक पनि पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगरले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिस्पर्धा गर्दैछिन् । २०७९ मा बीनालाई ताराले नै हराएका थिए ।

एमालेले बझाङमा पनि युवा नेता ऐन महरलाई उम्मेदवार बनाउने भएको छ । अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय सच्याउँदै एमालेले महरलाई उम्मेदवार बनाउने भएको हो । तर त्यहाँ एक मात्रै दलित उम्मेदवार ओखेडाले निराश हुनुपरेको छ।

महर २०७९ को चुनावमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग थोरै मतान्तरले पराजित हुन पुगेका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ४९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको