काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह धापासीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन् ।
दिउँसो १ बजे पुग्ने भनिएकोमा साढे ३ बजे मात्रै पुगेका उनी त्यहाँ १० मिनेट मात्रै बसेर बाहिरिए । रास्वपाले बनाइदिएको वरिष्ठ नेताको कार्यकक्षमा १० मिनेट बसेका उनी बोल्दै नबोली बाहिरिए ।
बालेनले सम्बोधन गर्ने आशमा सयौँ युट्युबर, पत्रकार र सर्वसाधारणको घण्टी घरमा ठूलो भिड लागेको थियो ।
तर घण्टी घरमा रवि लामिछानेसँग अंगालो हालेर रास्वपाको चुनाव चिह्न घण्टी बजाएका उनी त्यहाँ जम्मा भएकाहरूलाई कुनै सम्बोधन नगरी बाहिरिए ।
कुनै सम्बोधन नगरी समर्थकहरूलाई फ्लाइङ किस दिँदै घण्टी घरबाट उनी बाहिरिएपछि समाचार र भिडियो मसला मिल्ने आशमा पुगेकाहरू निराश हुन पुगेका छन् ।
घण्टीघरबाट बाहिरिएका बालेन अब लामिछानेसँगै केहीबेरमा जनकपुर पुग्दैछन् । जहाँ उनलाई मधेशको पुत्र भनेर प्रचार गरिनेछ । रास्वपा सभापति लामिछानेले आफ्ना लागि भोट तान्न कठिन देखिएको मधेशबाट बालेनलाई देखाएर मतदाता फकाउने योजना बनाएका छन् ।


















प्रतिक्रिया