सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता « Khabarhub

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना अन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ ।

 आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा दोस्रो चरणका लागि दुईजना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

यस दोस्रो चरणको डिजिटल गोलाप्रथामार्फत कैलालीका आकाश कुँवर र रुपन्देहीका मन्दिप पोख्रेल विजेता बनेका छन् । जसमा आकाशले कैलालीस्थित न्यु मनिषा इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सबाट सिजी ब्रान्डको म्युजिक सिस्टम  खरिद गरी सहभागिता जनाएका थिए भने मन्दिपले भलबारी, रुपन्देहीस्थित भुवन इलेक्ट्रिकल्सबाट सिजी ब्रान्डको ४३ इन्चको टेलिभिजन  खरिद गरेका थिए । 

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज पाएका छन् । यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ । साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकटसमेत समावेश गरिएको छ ।

योजनाको निरन्तरता र सहभागिता प्रक्रिया : कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले सिजिको एसडीए उपकरण खरिद गरेपछि सीजीएसडीए [स्पेस] सिरियल नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरेर ३१००३ मा एसएम पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला