काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी « Khabarhub

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा आजदेखि ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट साइफुल इस्लामले प्रदर्शनीको आज उद्घाटन गरे । 

कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाल, भारत र बङ्गलादेशको कलालाई बुझ्न थप सहयोग गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । विशेष अतिथि पूर्वकुलपति किरण मानन्धरले वैश्विक परिस्थिति विचार गरी शान्तिको विषय उठान गरिएको प्रदर्शनीको सन्देश महत्त्वपूर्ण रहेको बताए । 

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले प्रदर्शनीको विषयवस्तु शान्तिका लागि कला मात्र नभई संसारका लागि सन्देशसमेत भएको उल्लेख गरे । उनले प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति  समावेश गरिएको बताए । 

बङ्गलादेश आर्टिस्ट ग्रुपका प्रेसिडेन्ट इस्लामले नेपालमा आर्ट फर पिस विषयमा गरिएको प्रदर्शनी भविष्यमा अन्य देशमा पनि गर्न सकिने बताउँदै प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गरे ।

कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएका छन् । 

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ४५ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)