प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त « Khabarhub

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।

प्रचण्डले यसअघि प्रतिनिधित्व गरेको यही क्षेत्रमा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीका बाबुराम र एमाले उम्मेदवार मिलन गुरुङ ‘चक्रे मिलन’बीच प्रतिस्पर्धा हुने भएको छ।

डा. भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार हुन लागेका हुन्। उनले गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको पुष्टि गर्दै स्थानीय नेता, कार्यकर्ता र आम मतदाताको आग्रहका आधारमा चुनावी मैदानमा उत्रिने निर्णय लिएको बताएका छन्।

‘बिदा हुनुपर्छ भन्ने थियो । यहाँका साथीहरूले काम बाँकी नै रहेकाले उठ्न सुझाउनु भयो,’ उनले भने, ‘मतदाता र अन्य पार्टीका साथीहरूको सुझाव अनुसार चुनाव लड्ने निर्णय गरेँ।’

भट्टराईले प्रलोपाबाट आँखा चुनाव चिह्न लिएर चुनावमा जाने भएका छन्। उनी शनिबार गोरखा पुगेर आवश्यक परामर्शपछि यो निर्णय लिएका हुन्। प्रलोपाका स्थानीय कार्यकर्ता भेटेर छलफल गरेपछि प्रलोपाका संरक्षक भट्टराई चुनाव लड्न तयार भएका हुन् ।

उनी २०६४ र २०७४ सालमा गोरखाकव यही क्षेत्रबाट जितेका नेता हुन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गोरखा १ मा सरेर जिते ।

उनले २०७९ को निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा २ छाडेका थिए। त्यसबेल कांग्रेसकोसमेत गठबन्धनका विजयी प्रचण्ड अब रुकुमपूर्व जाँदैछन् ।

फागुन २१ गते हुने निर्वाचनमा प्रचण्ड गोरखा २ बाट रूकुमपूर्व जाने निश्चित जस्तै छ । प्रचण्डले छाडेपछि बाबुरामले गोरखा २ मै पुनरागमन गरेका हुन्। उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि पार्टी नेतृत्व पनि छाडेका थिए ।

उता, एमालेले गोरखा क्षेत्र नम्बर २ बाट मिलन गुरुङ ‘चक्रे मिलन’ लाई उम्मेदवार बनाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकबाट अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा गुरुङलाई टिकट दिइएको हो।

गुरुङ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार सिफारिस भएका थिए, तर त्यसबेला उम्मेदवारी अघि बढ्न सकेको थिएन। उनले आफू २०५० सालदेखि एमालेमा सक्रिय रहेको दाबी गर्दै सामाजिक सेवा र राजनीतिमा निरन्तर लागिरहेको बताएका छन्।

‘म निरन्तर पार्टीसँग आबद्ध भएर समाजसेवा गर्दै आएको छु,’ गुरुङले भनेका छन्, ‘गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउने विश्वास छ।’

यद्यपि, गुरुङ विगतमा पटक पटक गुण्डागर्दीका आरोपमा पक्राउ परेका कारण विवादास्पद पात्रका रूपमा चिनिन्छन्। उनले भने आफूलाई अनावश्यक रूपमा ‘गुण्डा’ को आरोप लगाएर दुःख दिने प्रयास भएको प्रतिक्रिया दिएका छन्।

फागुन २१ गते हुने निर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराई र चक्रे मिलनबीचको प्रतिस्पर्धालाई अर्थपूर्ण र चासोपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ५५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार