बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने « Khabarhub

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ।

२०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्न राजीनामा दिएका हुन्।

उनले धरानमा माओवादी केन्द्रबाट विजयी उपमेयर अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि संसदीय चुनाव लड्न राजीनामा दिएका छन्।

उनले राजीनामासँगै रास्वपा वरिष्ठ नेताका रुपमा काम पनि थालेका छन् । बालेन्द्रले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लड्ने बताइरहेका छन् ।

तर उनले काठमाडौं क्षेत्र नम्बर २ पनि होल्डमा राखेका छन् । काठमाडौं २ मा २०७९ सालमा विजयी सोबिता गौतमलाई चितवन ३ पठाएर उक्त क्षेत्र होल्डमा राखिएको छ।

बालेन्द्र राजीनामा दिएर आइतबार नै जनकपुर पुगिसकेका छन् । त्यहाँ रास्वपा सभापति रवि लामिछाने र उनले पार्टीको चुनावी अभियान थाल्दैछन् । बालेनलाई रविले पकड कमजोर भएको मधेशमा ‘मधेश पुत्र’ का नाममा भोट तान्ने माध्यम बनाउन खोजिरहेका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको