पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण « Khabarhub

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका लागि सौराहामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

विभागले गत पुस १७ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा उक्त प्रणालीको शुभारम्भ गरिसकेको छ । राजधानीबाहिर पहिलो पटक पर्यटकीय नगरी सौराहामा प्रणाली लागू गर्नका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । 

दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि उपत्यका बाहिरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी, टुर तथा ट्राभल कम्पनी, मनी एक्सचेन्ज कम्पनीलगायत अन्य पर्यटकीय सेवा प्रदायक संस्थाहरूमा अनिवार्य रूपमा उक्त प्रणाली लागू गर्ने तयारी थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यो प्रणाली लागू गरिएको उनले बताए । 

महानिर्देशक तिवारीले भने, ‘यस प्रणालीमा विदेशी नागरिकको नेपाल आगमनपछिको सम्पूर्ण अभिलेख रहनेछ । काठमाडौँ बाहिर सौराहमा पहिलो पटक पर्यटन सेवा प्रदायक संस्थाहरूसँग अन्तरक्रिया गरिएको हो । अध्यागमनको मुख्य काम भनेको सीमाको सुरक्षा र नियमन हो ।’

उनका अनुसार सीमा नियमन भनेको कुनै पनि देशको सार्वभौम क्षेत्रभित्र हुने आवतजावत, गतिविधि तथा कानुनी व्यवस्थाको प्रभावकारी नियन्त्रण हो । सीमा सुरक्षा केवल दुई देशबीचको सीमास्तम्भमा मात्र सीमित नभई डिजिटल माध्यम, कानुन उल्लङ्घन तथा देशभित्र हुने अवैध गतिविधिसँग जोडिएको विषयसमेत हो ।

महानिर्देशक तिवारीले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा प्रणाली लागू गरी त्यसपछि देशका प्रमुख पर्यटकीय क्षेत्रमा सरोकार भएकाहरूसँगको समन्वयमा क्रमशः कार्यान्वयन गरिने योजना रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभागले व्यवसायीमैत्री ढङ्गले काम गर्दै कार्यान्वयनका क्रममा देखिएका द्विविधा र प्रक्रियागत समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले यस्तो प्रणालीको कार्यान्वयनले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै कार्यान्वयन गर्दा झन्झटिलो नभई सहज रूपमा समन्वय गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे, गृह मन्त्रालयका उपसचिव परशुराम पोखरेल, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, पर्यटक कार्यालय चितवनका प्रमुख प्रेमप्रसाद ढकाल, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीलगायत सौराहा तथा चितवन–नवलपुरका होटल तथा पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको थियो । रासस
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ४२ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार