मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले « Khabarhub

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न अग्रसर हुनुपर्ने बताएका छन् ।

पूर्वसभापति शेरबहादुर देउवानिकट प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले आगामी फागुन २१ गतेको निर्वाचन नै कांग्रेसका मिल्ने आधार हुनुपर्ने बताएका हुन् ।

उनले आधा टिकट देउवाले गरेको र आधा गगन थापाले गर्ने उनको भनाइ छ । यसो गरेर विवाद अन्त्य गर्न भनेका छन् ।

यस्तो छ उनको भनाइ
हाल हाम्रो पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गंभिर मोडमा छ । यो अवस्थावाट मुलूकलाई जोगाऊने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ । सबैलाई आह्वान गर्यौँ । जसका कारण सवै दल निर्वाचनमा होमिएका छन् ।
तर मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो ।
पार्टीको नियमित महाधिवेशन हुदै थियो । विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन । दौडन पर्ने हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन ।
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन ।
तर प्रक्रियमा काफि विमतिका बाबजुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ । यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ ! तसर्थ विवाद अब आयोग मात्रै होईन अदालत पुगिसक्यो ! अब झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार बनौ ! हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि
आज घमण्ड त्यागन तयार बनौँ पार्टीका लागि ! झगडिया अरू कोही होईन हामी एकाघरका हौ !
हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ ! हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! बाँकीमा अब गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! यसका लागि देउवा , गगन, पूर्णवहादुर, शेखर एकठाउमा अहिलै वस्नुस ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस !
त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन
“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख” भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ०० बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा