काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना गर्न नसक्ने बताएका छन् ।
आइतबार राति फेसबुकमार्फत उनले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोजिएको भन्दै यस्तो बताएका हुन् ।
‘निर्वाचन आयोगको निर्णयकाविरुद्धमा पार्टीको आधिकारिकताको बैधानिक दाबि र कानुनि उपचारको लागि २०८२ माघ ३गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्बसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्बोच्च अदालत गएका हौँ,’ उनले भनेका छन्, ‘सर्वाेच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिन्हबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’
उनले नयाँ पार्टी खोल्ने, स्वतन्त्र उम्मेदवार हुन्छन् भन्ने हल्लहरूको पछि नलाग्न पनि आग्रह गरेका छन् । ‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उमेदवारको रुपमा उठ्छन् , जस्ता बजारमा आएका गलत हल्लाहरुको पछि नलाग्न पार्टीका सबै साथीहरू ,शुभेच्छुकहरु र हाम्रा आम मतदाताहरुमा हार्दिक अनुरोध र अपिल गर्दछु’ उनले भने ।













प्रतिक्रिया