टिकट नपाए पनि विचलित छैन : झपट रावल « Khabarhub

टिकट नपाए पनि विचलित छैन : झपट रावल


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको टिकट वितरणसम्बन्धी निर्णयले आफूलाई आहत बनाए पनि विचलित नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले कैलाली निर्वाचन क्षेत्र नं. २ को समन्वय समितिले आफू सहित तीन जनाको नाम सिफारिस गरेको स्मरण गराउँदै आगामी फागुन २१ मा हुने निर्वाचनका लागि आफ्नो दाबी स्वाभाविक, जनआधारित र न्यायोचित रहेको बताएका छन् ।

रावलले विगतमा सोही क्षेत्रबाट निर्वाचित भई संसद्मा रहँदा जनताको शिर निहुरिने कुनै काम नगरी विकास र सुशासनका पक्षमा दृढतापूर्वक भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

उनका अनुसार कोभिड–१९ महामारी र पटक–पटकको संसद् विघटनका कारण अपेक्षित समय नपाए पनि सुदूरपश्चिमको समृद्धिका लागि थुप्रै पूर्वाधार परियोजनाहरू अघि बढाइएका थिए, जुन अझै अपूरा छन्।

योजनाबद्ध रूपमा मनोवैज्ञानिक वातावरण निर्माण गरी आफूलाई रोक्ने प्रयास भएको उल्लेख गर्दै रावलले त्यसले क्षणिक सफलता पाए पनि आफ्नो राजनीतिक यात्रामा विराम नलागेको बताउनुभएको छ। “जनताको बहुदलीय जनवाद” लाई नारा मात्र नभई जीवन र व्यवहारमा लागू गर्ने सिद्धान्तका रूपमा आत्मसात् गरेको र पार्टी निर्णय सर्वोपरी हुने मान्यतामा आफू अडिग रहेको उनको भनाइ छ।

यस्तो छ झपटको भनाइ

हार्दिक आभार तथा धन्यवाद !

नेकपा (एमाले) पार्टी केन्द्रको सर्कुलर अनुसार कैलाली निर्वाचन क्षेत्र नं. २ समन्वय समितिले ध्वनि मतका साथ म सहित तीन जनाको नाम सिफारिस गरेको थियो। यसअघि यही क्षेत्रबाट निर्वाचित भई संसद्मा रहँदा मैले जनताको शिर निहुरिने कुनै पनि काम नगरी, विकास र सुशासनका पक्षमा दृढतापूर्वक आफ्नो भूमिका निर्वाह गरेँ। जनताका दुःखसुखमा सधैं साथ रहँदै विकास निर्माणका काममा अहोरात्र खटिएकै कारण मतदाताको मन जित्न सफल भएको हुँ भन्नेमा म विश्वस्त छु। त्यसैले आगामि फागुन २१ मा हुने निर्वाचनका लागि मेरो दाबी स्वाभाविक मात्र होइन, जन आधारित र न्यायोचित पनि थियो।

तर यसपटक एउटा योजनाबद्ध मनोवैज्ञानिक वातावरण निर्माण गरी मलाई रोक्ने सामूहिक प्रयत्न भएको छ, जसले क्षणिक रूपमा सफलता पाएको छ। राजनीतिमा यस्तो हुन्छ भन्ने बुझेको छु। यसले मलाई आहत बनाएको भए पनि विचलित बनाएको छैन।

२०७४ सालमा निर्वाचित भएपछि विश्वव्यापी कोभिड–१९ महामारी र पटक पटक भएको संसद् विघटनले अपेक्षित रूपमा काम गर्ने समय सीमित बनायो। त्यसका बाबजुद पनि कैलाली २ मात्र होइन, समग्र सुदूरपश्चिमको समृद्धिका लागि अघि सारेका थुप्रै पूर्वाधार परियोजनाहरू प्रारम्भ गरिएका थिए, जुन आज अपूरा अवस्थामै छन्। ती योजनालाई पूर्णता दिन पुनः झपट रावल आवश्यक छ भन्ने जन भावना अझै जीवित छ। यही जन अपेक्षा र मेरो राजनीतिक आकाङ्क्षामा यसपटक ब्रेक लागेको छ, तर मेरो यात्रामा विराम लागेको छैन।

मैले “जनताको बहुदलीय जनवाद” लाई नारा वा खोपीको देउता होइन, जीवन र व्यवहारमा लागु गर्ने जिउँदो सिद्धान्तका रूपमा आत्मसात् गरेको छु। पार्टी निर्णय सर्वोपरी हुन्छ भन्ने मान्यतामा म अडिग छु। पार्टी नेतृत्वको निर्णयमा पर्न सफल सम्पूर्ण कमरेडहरू तथा उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

अन्त्यमा, कठिन घडीमा पनि मप्रति भरोसा गर्ने, साथ दिने र निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण क्षेत्रवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, साथै पार्टीका सबै तहका कमिटीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। म जनताकै बिचमा छु, जनताकै पक्षमा छु, र जनताको विश्वास नै मेरो राजनीतिक शक्ति हो।

झपट बहादुर रावल
केन्द्रीय सदस्य
नेकपा (एमाले)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको