जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा « Khabarhub

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र पूर्वयुवराज शाह ‘मिथिला यात्री निवास’ मा बसेका हुन् ।

बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्।

त्यही होटलमा पूर्वयुवराज पारससँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि रहेको बताइएको छ। उनीहरू विराटनगर हुँदै जनकपुर आएको बुझिएको छ।

एकातिर समसामयिक राजनीतिमा उदाउँदै गरेका नेता, अर्कातिर पूर्व राजपरिवारका सदस्य—एउटै होटलमा देखिनुले जनकपुरको राजनीतिक र सामाजिक वृत्तमा अनेक अड्कल र चासो जन्माएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको