विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत « Khabarhub

विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन्। समूह ‘डी’को एउटा खेल हुँदैछ भने समूह ‘ए’का दुई खेल हुँदैछन्।

पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन्। यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ। दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ।

दोस्रो खेलमा समूह ‘ए’का पाकिस्तान र नामिबिया भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ। विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ। यो समूहबाट भारत ६ अंकसहित सुपर आठ प्रवेश गरिसकेको छ भने पाकिस्तान र अमेरिका समान चारचार अंक बनाएर सुपर आठको प्रतिस्पर्धामा छन्। समान अंक भए पनि पाकिस्तान रनरेटका आधारमा पछाडि रहेकाले अघिल्लो चरण प्रवेशका लागि नामिबियाविरुद्धको खेल जित्नुपर्ने दबाब छ। यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ।

बुधबारको अन्तिम खेलमा समूह ‘ए’कै भारत र नेदरल्यान्ड्स भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ। भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा छ। अघिल्लो चरण गइसकेको भारत आजको खेलमा जित निकाल्दै समूह विजेता बन्न चाहन्छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल