कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै « Khabarhub

कांग्रेसको प्रतिज्ञा पत्र पारित, आज जनकपुरबाट सार्वजनिक हुँदै


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार पारिएको पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ। भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञा पत्र अनुमोदन गरेको हो।

पार्टीले उक्त प्रतिज्ञा पत्र आज जनकपुरधाममा आयोजना हुने विशेष सभामार्फत सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। प्रतिज्ञा सभामा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

कांग्रेसले मधेसको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधामबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा लिएको छ। पार्टीका नेताहरूका अनुसार यो सभा केवल चुनावी कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने अवसरसमेत हो।

मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवका अनुसार मधेस आन्दोलनपछि विकसित राजनीतिक परिवेशमा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राख्दै आएको छ। उनले मधेसको माटोले सधैं प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको उल्लेख गरे।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १२ : ४४ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको