प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’ « Khabarhub

प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बडिमालिका स्वीजरल्याड भन्दा बढी सौन्दर्यताले भरिपूर्ण रहेको बताएका छन् । 

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  उनले नेपाललाई स्वीजरल्याड बनाउँछु भन्ने प्रचण्डलाई व्यङ्ग्य गर्दै उक्त कुरा भनेका हुन् । 

‘मान्छेले देशलाई स्वीजरल्याड बनाउनुपर्छ भन्छन्, स्वीजरल्याडको बाउ बढीमालिका यहीँ छ किन बनाउनुपर्‍यो स्वीजरल्याड, स्वीजरल्याडको पराकाष्ट रामारोसन यहीँ छ किन बनाउनुपर्‍यो स्वीजरल्याड, खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुर्‍यो स्वीजरल्याड?,’ भन्दै उनले प्रश्न समेत गरे । 

नेपालीलाई उनले माल भएर पनि चाल नभएको भने ।  ‘आफ्नै देशमा भएका सुन्दरता देखाउन नसक्नेले स्वीजरल्याड बनाउने भनेर मात्रै हुँदैन, सुदुरपश्चिमलाई जोड्नै सकेको छैन, यहाँ यति धेरै कलाकार हुनुहुँदो रहेछ, जुन दिन उहाँहरूका गीत काठमाडौंको चोकचोकमा गुन्जिन्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसंग,’ दाबीका साथ उनले थपे । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत