साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती « Khabarhub

साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- टी-२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई २०० रनको लक्ष्य दिएको छ। कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको छ।

पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको पारी खेलेर शतक पूरा गरे। शादाब खानले नटआउट ३६ रन बनाए । कप्तान सलमान अली आगाले ३८ रनमा पारी समाप्त गरे। नामीबियाका लागि ज्याक ब्रेसलले २ विकेट लिए । जेरार्ड इरास्मसको नाममा १ विकेट रह्यो।

जवाफी पारीमा नामीबिया दोस्रो ओभरमा ११ रन जोडिसकेको छ। जोन फ्राइलिनक र लोरेन स्टीनक्याम्प अहिले क्रीजमा छन्।

प्लेइङ–११

पाकिस्तान: सलमान आगा (कप्तान), साहिबजादा फरहान, सईम अयूब, बाबर आजम, उस्मान खान (विकेटकिपर), ख्वाजा नफी, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा, उस्मान तारिक।

नामीबिया: जेरार्ड इरास्मस (कप्तान), जोन फ्राइलिनक, लोरेन स्टीनक्याम्प, निकोल लोफ्टी-ईटन, एलेक्जेन्डर वाल्सचेन्क, जेजे स्मिट, जेन ग्रीन (विकेटकिपर), रूबेन ट्रम्पेलम्यान, विलेम मायबर्ग, बर्नार्ड शोल्ट्ज, जैक ब्रेसल।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : १२ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले