शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार « Khabarhub

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार पर्व मनाएका छन्। 

पर्वको अवसरमा समुदायले आफ्ना गाउँघर, टोलका बाटोघाटो र पानीका मूलहरू सफा गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से खाने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा निभाएका छन्।

पर्व पारिवारिक र सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा पनि लिइन्छ। काठमाडौंको सिफलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो।

महायान बौद्ध परम्परामा आधारित ग्याल्पो ल्होसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन मनाइन्छ। पर्वमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले यसलाई अझ अर्थपूर्ण बनाएको थियो। 

नयाँ वर्षको रुपमा मनाइने यो पर्वले समाजमा आपसी प्रेम, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : २७ बजे

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५