रुकुम पूर्वमा ढुक्क प्रचण्ड, गाउँगाउँ डुल्दै भन्छन् : भोट मागेको होइन, विजयोत्सव मनाए जस्तो लाग्दैछ « Khabarhub

रुकुम पूर्वमा ढुक्क प्रचण्ड, गाउँगाउँ डुल्दै भन्छन् : भोट मागेको होइन, विजयोत्सव मनाए जस्तो लाग्दैछ


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वका गाउँको यात्रामा छन् । बुधबार उनी सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट तथा अन्तरक्रियामा व्यस्त रहे ।

उनले यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने बचन पनि दिए ।

सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उनले जनयुद्धलाई स्मरण गरे । उनले रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए।

‘रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,’ उनले भने ।

संयोजक प्रचण्डले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। जनतासँगको भेटघाटलाई उनले विजयोत्सवसँग तुलना गरे। ‘कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ,’ उनले भने।

वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उनले उल्लेख गरे। चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंश मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे ।

‘मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’ उनले भने ।

आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने उनले विश्वास व्यक्त गरे ।

दाहालले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गरे । ‘यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ,’ उनले उल्लेख गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : १८ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह