उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित « Khabarhub

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई पराजित गरेको छ । बुधबार कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले नामीबियालाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामीबिया १७.३ ओभरमा अलआउट हुनुअघि मात्रै ९७ रन बनायो । उसका लागि लोरेन स्टीनक्याम्पले २३ र अलेक्जेन्डर बुसिङभोल्सेन्क २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि उस्मान तारिकले चार विकेट लिए । ३.३ ओभर बलिङ गरेका तारिकले १६ रन खर्चिए । यस्तै शादब खानले तीन र सलमान मिज्राले एक विकेट लिए ।

त्यसअघि टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको पारी खेलेर शतक पूरा गरे।

शादाब खानले नटआउट ३६ रन बनाए । कप्तान सलमान अली आगाले ३८ रनमा पारी समाप्त गरे। नामीबियाका लागि ज्याक ब्रेसलले २ विकेट लिए । जेरार्ड इरास्मसको नाममा १ विकेट रह्यो । जितसँगै पाकिस्तान सुपर आठमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ४८ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष