उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित « Khabarhub

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई पराजित गरेको छ । बुधबार कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले नामीबियालाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामीबिया १७.३ ओभरमा अलआउट हुनुअघि मात्रै ९७ रन बनायो । उसका लागि लोरेन स्टीनक्याम्पले २३ र अलेक्जेन्डर बुसिङभोल्सेन्क २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि उस्मान तारिकले चार विकेट लिए । ३.३ ओभर बलिङ गरेका तारिकले १६ रन खर्चिए । यस्तै शादब खानले तीन र सलमान मिज्राले एक विकेट लिए ।

त्यसअघि टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो । पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको पारी खेलेर शतक पूरा गरे।

शादाब खानले नटआउट ३६ रन बनाए । कप्तान सलमान अली आगाले ३८ रनमा पारी समाप्त गरे। नामीबियाका लागि ज्याक ब्रेसलले २ विकेट लिए । जेरार्ड इरास्मसको नाममा १ विकेट रह्यो । जितसँगै पाकिस्तान सुपर आठमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ४८ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका