शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य « Khabarhub

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले नेदरल्याण्ड्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।

भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का र ४ चौका प्रहार गरे । यस्तै कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१, हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किसन आजको खेलमा १८ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका लोगान भ्यान बेकले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै आर्यन दत्तले दुई तथा काइल क्लेनले एक विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : १२ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि