शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य « Khabarhub

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले नेदरल्याण्ड्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

भारतको नरेन्द्रमोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।

भारतका लागि शिवम दुवेले सर्वाधिक ६६ रनको योगदान दिए । ३१ बलको सामना गरेका उनले ६ छक्का र ४ चौका प्रहार गरे । यस्तै कप्तान सूर्यकुमार यादवले ३४, तिलक बर्माले ३१, हार्दिक पाण्ड्याले ३० रन बनाए । पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका इशान किसन आजको खेलमा १८ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका लोगान भ्यान बेकले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । यस्तै आर्यन दत्तले दुई तथा काइल क्लेनले एक विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : १२ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका