विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा « Khabarhub

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ‘सुपर ८’ चरणको समीकरण पूरा भएको छ । बुधबार सम्पन्न खेलमा नामिबियामाथि जित निकाल्दै पाकिस्तानले सुपर ८ को टिकट सुरक्षित गरेपछि दोस्रो चरणको समीकरण पूर्ण भएको हो ।

समूह ‘ए’ बाट आयोजक भारत र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन् भने अमेरिका, नेदरल्याण्ड्स र नामिबिया समूह चरणमै प्रतियोगिताबाट बाहिरिएका छन् ।

यस्तै समूह ‘बी’ मा श्रीलंका र जिम्बाब्बे शीर्ष दुई स्थानमा रहँदै अघिल्लो चरणमा पुगेका छन् । यस समूहका अस्ट्रेलिया, आयरल्याण्ड र ओमान भने सुपर ८ पुग्न असफल भएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्टइन्डिजले दोस्रो चरणको यात्रा तय गर्दा इटाली, स्कटल्याण्ड र नेपाल समूह चरणमै बाहिरिएका छन् ।

त्यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रीका र न्यूजिल्याण्डले सुपर ८ मा स्थान बनाएका छन् भने अफगानिस्तान, यूएई र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो विश्वकपमाकुनै पनि एसोसियट राष्ट्रले दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।

सुपर ८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् । यता समूह २ मा पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंका परेका छन् । सुपर ८ मा कुल १२ वटा खेल हुने छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल